TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

एपीएफ कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीद्वारा त्रि वि केन्द्रीय पुस्तकालयको अवलोकन

एपीएफ कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीद्वारा त्रि वि केन्द्रीय पुस्तकालयको अवलोकन

2026-07-10

सशस्त्र प्रहरी बल, नेपाल, एपीएफ कमाण्ड तथा स्टाफ कलेज, सानोगौंचरणमा सञ्चालित सुरक्षा, विकास तथा शान्ति अध्ययन विषयअन्तर्गत अध्ययनरत ११औँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्सको दोस्रो सेमेस्टरका प्रशिक्षक, प्रशिक्षार्थी लगायत ३० जनाले मिति २०८३ असार २६ गते त्रि. वि. केन्द्रीय पुस्तकालयको अवलोकन तथा अभिमुखीकरण कार्यक्रममा सहभागिता जनाउनु भएको छ ।
एसपी नरबहादुर रावतको नेतृत्वमा आएको उक्त टोलीलाई पुस्तकालयका स्रोत, सेवा, डिजिटल सुविधा, अध्ययन तथा अनुसन्धानसम्बन्धी सामग्री तथा पुस्तकालय सञ्चालन प्रणालीबारे विस्तृत अभिमुखीकरण प्रदान गरिएको थियो । साथै सहभागीहरूले पुस्तकालयका विभिन्न शाखा तथा सेवा केन्द्रहरूको अवलोकन गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका तर्फबाट एसपी नरबहादुर रावतले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुखलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । उक्त अवसरमा पुस्तकालयका प्रमुखले भ्रमण तथा अवलोकन कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि शैक्षिक तथा अनुसन्धानमूलक सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।