Kirtipur, Kathmandu, Nepal
काठमाडौं, २४ भदौ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा ‘AI Ethics Film Screening and Dialogue Series’ कार्यक्रम सम्पन्न भएको छ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको अध्यक्षता त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले गर्नु भएको थियो। विशिष्ट अतिथिमा त्रिवि पुस्तककालय तथा सूचना विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. लिला न्याइच्याइ तथा त्रिवि लैंगिक अध्ययन केन्द्रीय विभागका विभागीय प्रमुख डा. जमुना सिवाकोटीले AI को वर्तमान परिप्रेक्षका विषयमा प्रकाश पार्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (AI) को विकाससँगै देखापरेका नैतिकता तथा सुशासनका सवालमा छलफल भएको थियो। कार्यक्रमअन्तर्गत ‘Humans in the Loop’ चलचित्र प्रदर्शन गरिएको थियो।
चलचित्र प्रदर्शनपछि चलचित्रमा प्रस्तुत विषयवस्तुका आधारमा ‘Gender, Bias and AI Governance’ विषयमा प्यानल छलफल आयोजना गरिएको थियो।
१९औँ पुस्तकालय दिवसको अवसरमा आयोजित यस कार्यक्रमले ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ भन्ने मूल भावसँगै पुस्तकालयलाई समसामयिक प्रविधि र सामाजिक विमर्शसँग जोड्ने महत्वपूर्ण प्रयासका रूपमा सन्देश दिएको छ।
