Kirtipur, Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुस्तकालय सहप्रशासक श्री लालबहादुर चौहान मिति २०८३ साउन १० गते देखि लागु हुने गरी अनिवार्य अवकाश प्राप्त गरी सेवाबाट निवृत्त हुनुभएको छ । मिति २०४८ जेठ २२ गते त्रि.वि. सेवामा प्रवेश गर्नुभएका उहाँले करिब ३५ वर्षको सेवा अवधिमा केन्द्रीय पुस्तकालयको व्यवस्थापन, आधुनिकीकरण तथा संस्थागत सुदृढीकरणमा अमूल्य योगदान पुर्याउनुभएको थियो ।
बिदाइ कार्यक्रममा उहाँलाई सम्मान–पत्र प्रदान गर्दै उहाँको योगदानको उच्च कदर सहित सेवानिवृत्त जीवन सुस्वास्थ्य र निरन्तर सक्रियताका साथ व्यतीत होस् भन्ने शुभकामना व्यक्त गरियो ।