Kirtipur, Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पाठकहरुलाई लक्षित गरी निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कमलपोखरी उपशाखा र कीर्तिपुर उपशाखाको आयोजना तथा त्रि.वि. केन्द्रीय पुस्तकालय र पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागको सहकार्यमा आँखा शिविर सञ्चालन गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालज्यूको आँखा परीक्षण गरी शिविरको सुरुवात गरिएको हो । उक्त शिविरमा विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा कर्मचारी गरी जम्मा ४२० जनाको आँखा परीक्षण भएको छ । नेत्र विशेषज्ञ प्रा.डा. प्रदीप बास्तोलाको नेतृत्वको टिमबाट आँखा परीक्षण कार्य भएको हो । परीक्षणपछि आँखाको दृष्टि कम्जोर भएको जम्मा १३० जनालाई निःशुल्क आवश्यकता अनुसारका पावर चस्मा तथा १५० जनालाई मोईस्ट म्याक्स लगाएतको आई ड्रपहरु समेत उपलब्ध गराइएको छ । शिविरका लागि चस्मा निःशुल्क रुपमा हेल्पिङ्ग ह्याण्डस नेपालले उपलब्ध गराएको हो ।
शिविर सफलतापूर्व सम्पन्न गर्न सहयोग गर्नुहुने रेडक्रस साेसाइटी, हेल्पिङ्ग ह्याण्डस नेपाल चिकित्सकहरूकाे समूह लगायत स्वयम् सेवकका रूपमा खट्टिनुहुने कर्मचारी, विद्यार्थी तथा अन्य सहयाेगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।




