Kirtipur, Kathmandu, Nepal
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सन्दिप भण्डारीज्युको प्रमुख आतिथ्यमा मिति २०८० माघ २८ गते सम्पन्न छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रममा त्रि. वि. केन्द्रीय पुस्तकालयलाई सम्मान गरिएको छ ।
नेपाल प्रहरीको प्रशिक्षण गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण श्रोतहरूको संग्रह ई-लाइबेरीको पहुँच प्रदान गरी प्रहरीको बौद्धिक तथा प्राज्ञिक उन्नतिमा सहयोग पुर्याएकोमा सम्मान गरिएको व्यहोरा कदर पत्रमा उल्लेख छ । उक्त कदर पत्र प्रतिष्ठानका कार्यकारी निर्देशक भण्डारीद्वारा त्रिभुवन विश्वविद्धालय केन्द्रिय पुस्तकालय नि. प्रमुख श्री सागर राज सुवेदीज्युलाई प्रदान गरिएको छ ।
त्रि.वि. केन्द्रीय पुस्तकालयको कार्यलाई उच्च मूल्यांकन गरी कदरपत्र प्रदान गरी सम्मान गरेकोमा प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत प्रतिष्ठान परिवार प्रति त्रि.वि. केन्द्रीय पुस्तकालय हार्दिक आभार व्यक्त गर्दछ ।