Kirtipur, Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजंग बरालद्वारा त्रि.वि. केन्द्रीय पुस्तकालयको अवलोकन भ्रमण भएको छ । नव नियुक्त उपकुलपतिले कीर्तिपुर स्थित उपकुलपतिको कार्यालयमा पदभार ग्रहण लगतै केन्द्रीय पुस्तकालयको अवलोकन गर्नु भएको हो । उहाले पुस्तकालयका सम्पूर्ण शाखाको अवलोकनका साथै पाठकहरुसंग पुस्तकालयको सेवाको बारेमा संवाद गर्नु भएको छ ।
अवलोकनका क्रममा उपकुलपति प्रा. डा. बरालले पुस्तकालयले डिजिटाइजेशन तथा अनलाइन पुस्तकालय सेवालाई प्रभावकरी बनाउनु पर्ने, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूका लागि व्यवस्थित अध्ययनकक्षहरु बनाऊनु पर्ने, आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पुस्तकालयहरुमा प्रोफेशनल लाईब्रेरियनहरुको चरम अभावले पुस्तकालयहरु व्यवस्थित हुन नसकेकाले यस विषयमा स्नातक तहको जनशक्ति आवश्यकता रहेको साथै पुस्तकालयमा कार्यरत कर्मचारीको पेशागत दक्षता अभिवृद्धिमा जोडदिन निर्देशन दिनु भएको छ ।
नवनियुक्त उपकुलपति प्रा. डा. केशरजंग बराललाई त्रिवि केन्द्रीय पुस्तकालय परिवार हार्दिक बधाई तथा सफलकार्यकालको शुभकामना व्यक्त गर्दछौ ।
