TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

शिक्षा मन्त्रीद्वारा केन्द्रीय पुस्तकालयको अवलोकन

शिक्षा मन्त्रीद्वारा केन्द्रीय पुस्तकालयको अवलोकन

2024-05-07

नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठद्वारा त्रि.वि. केन्द्रीय पुस्तकालयको अवलोकन भ्रमण भएको छ ।

 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सी. र रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालसहित दिउँसो ३ः३० बजे मन्त्रीले पुस्तकालयका सम्पूर्ण शाखाहरुको निरीक्षणसमेत गर्नु भएको छ ।

पुस्तकालयको निरीक्षण गर्ने क्रममा माननीय मन्त्रीसमक्ष पुस्तकालयका नि. प्रमुख सागरराज सुवेदीले पुस्तकालयका सङ्कलन, व्यवस्थापन लगायत पुस्तकालयका गतिविधिका बारेमा जानकारी गराउनु भयाे

पुस्तकालयका सम्पूर्ण शाखाहरुको अवलोकन गर्ने क्रममा मन्त्रीले सिंहशमशेरको व्यक्तिगत सङ्कलन, पुराना हस्तलिखित ग्रन्थहरुको संरक्षणको अवस्था, ई–पुस्तकालय सञ्चालन तथा डकुमेन्टहरुको डिजिटाइजेशन कार्य, प्राध्यापकहरुबाट पुस्तकालय प्रयोगको अवस्था र पुस्तकालमा सामुहिक छलफलका लागि छुट्टछुट्टै कक्षहरुको व्यवस्था, पुस्तकालयहरु बीच अन्तरपुस्तकालय सापटी कार्य लागु गराउन सकिने अवस्थाको बारेमा जिज्ञासा राख्नु भएको छ ।

त्रि.वि. केन्द्रीय पुस्तकालयलाई प्राथमिकतामा राखी पुस्तकालयको अवलोकन भ्रमण गर्नु भएकोमा माननीय मन्त्रीसमक्ष त्रि.वि. केन्द्रीय पुस्तकालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।