TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

सम्झौता पत्रमा हस्ताक्षर

सम्झौता पत्रमा हस्ताक्षर

2024-06-04

त्रि.वि. केन्द्रीय पुस्तकालय, कीर्तिपुर र नेपाल पशु चिकित्सा परिषद्, त्रिपुरेश्वरका बीच आज २०८१ जेठ २२ गते सम्झौता भएको छ । सम्झौता अनुसार परिषद्को पुस्तकालय थप व्यवस्थित रूपले सञ्चालन गर्न र परिषद्‌का दर्तावाल पशु चिकित्सक तथा पशु चिकित्सा अध्ययन गर्ने विद्यार्थीहरुलाई ई-लाईब्रेरी सेवाको सहज पहुँच विस्तार गरिने छ । 
दुई संस्थाबीच तीन बर्षका लागि भएको सम्झौता पत्रमा त्रि.वि. केन्द्रीय पुस्तकालयका तर्फबाट नि. प्रमुख सागरराज सुवेदी र नेपाल पशु चिकित्सा परिषद्का तर्फबाट रजिष्ट्रार डा. मनोज कुमार शाही हस्ताक्षर गर्नु भएको छ