Kirtipur, Kathmandu, Nepal
मिति २०८१।०४।११ गते नेपाल सरकारका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा त्रि.वि. केन्द्रीय पुस्तकालयको अवलोकन गर्नु भएको छ । देशको सबैभन्दा ठूलो र अत्यन्त महत्वपूर्ण पुस्तकालय २४ सैं घण्टा खुला रहने र विश्वविद्यालय बाहिर व्यक्तिहरुलाई पनि पुस्तकालय प्रयोग गर्ने सुविधा दिदै आएको सुन्दा खुशी व्यक्त गर्नु भएको छ । आफ्नो विद्यावारिधिको शोधपत्र तयार गर्ने क्रममा पुस्तकालयका महत्वपूर्ण सामग्रीहरूको अध्ययन गरेको समेत स्मरण गर्नुभयो । ज्ञानको उच्चतम केन्द्रका रूपमा रहेको यस पुस्तकालयमा काम गर्ने सम्पूर्ण कर्मचारी तथा त्रिभुवन विश्वविद्यालयप्रति पूर्णसफलता तथा उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।
त्रि.वि. विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको निमन्त्रणामा युनियनले प्रत्येक शुक्रबार आयोजना गर्दै आइरहेको विश्वविद्यालय विमर्श कार्यक्रममा प्रमुख वक्ताका रुपमा आफ्नो धारणा राख्न पूर्वप्रधानमन्त्री कीर्तिपुर आउनु भएको थियो ।