TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

पुस्तकालय व्यवस्थापन र प्रयोग सम्बन्धी अभिमुखिकरण र कार्यशाला गोष्ठी  सम्पन्न । 

पुस्तकालय व्यवस्थापन र प्रयोग सम्बन्धी अभिमुखिकरण र कार्यशाला गोष्ठी  सम्पन्न । 

2024-08-17

भोजपुर, २०८१।०४।३२
त्रि.वि. भोजपुर बहुमुखी क्याम्पसको आयोजना तथा त्रि.वि. केन्द्रीय पुस्तकालयको सहकार्यमा पुस्तकालय व्यवस्थापन तथा ई–लाइब्रेरीमा पहुँच सम्बन्धी साउन २८ देखि चार दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
त्रि.वि.केन्द्रीय पुस्तकालयका नि. प्रमुख श्री सागरराज सुबेदीको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख श्री भुलानाथ राईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा क्याम्पसका स्ववियु सभापति निशान राई लगायत त्रि.वि. प्रध्यापक तथा कर्मचारी संघ इकाइ समितिका प्रतिनिधिहरूले पुस्तकालयको महत्वका साथै आधुनिक प्रविधियुक्त पुस्तकालयको सहज पहुँचको विस्तार बारे आफ्नो धारणा राख्नु भएको थियो । 

त्रि.वि. केन्द्रीय पुस्तकालयबाट ई–लाइब्रेरी सञ्चालन तथा डिजिटल लाइब्रेरी व्यवस्थापनका साथै बौद्धिक चोरी नियन्त्रण लगायत विषयमा केन्द्रीय पुस्तकालयका नि. प्रमुख सागरराज सुबेदी, उपलाईब्रेरियन श्री लालबहादर चौहान र मुख्य कार्यालय सहायक श्री गेवनाथ न्यौपानेले क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरूलाई चार दिनसम्म प्रशिक्षण दिनु भएको छ । सोही समयमा उक्त क्याम्पसको पुस्तकालयका कार्यरत कर्मचारीहरूलाई पुस्तकालय व्यवस्थापनका बारेमा समेत सहजिकरण गर्नु भएको छ ।  
प्रशिक्षणबाट भोजपुर क्याम्सका प्राध्यापक तथा विद्यार्थीहरूलाई ई–लाइब्रेरीको सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन । ई–लाइब्रेरीको प्रयोगबाट स्वअध्ययन गरी खोज तथा अनुसन्धानकार्यमा सक्रियता तथा कार्यमा गुणस्तरीयता आउनेमा सहभागिहरू विश्वस्त रहेका छन । ई–लाइब्रेरीमा सहज पहुँचले गर्दा आगामी दिनमा अनलाइनको माध्यबाट घरैमा बसेर पनि पढ्न सकिने भएको छ । 

भोजपुरबाट फर्कने क्रममा साउन ३२ गते नि. प्रमुख सहितको टोलिले धनकुटा बहुमुखी क्याम्पस, धनकुटा र केन्द्रीय प्रविधि क्याम्पस, धरानको पुस्तकालयको पनि अवलोकन निरीक्षणका साथै क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरूसँग ई–लाइब्रेरी, बौद्धिक चोरी नियन्त्रण तथा नेपाल जर्नल अनलाइन लगायतका विषयमा अन्तरक्रिया गर्नु भएको थियो ।