TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

त्रिवि केन्द्रीय पुस्तकालयमा सरस्वती पूजा सम्पन्न

त्रिवि केन्द्रीय पुस्तकालयमा सरस्वती पूजा सम्पन्न

2025-02-03

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा वसन्त पञ्चमी अर्थात श्रीपञ्चमीका अवसरमा ज्ञान, कला र विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरिएको छ । केन्द्रीय पुस्तकालयको प्राङ्गणमा रहेको देवी सरस्वती माताको मुर्तिमा पुस्तकालयमा कार्यरत कर्मचारीका साथै शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको उल्लेखनीय उपस्थितिमा धार्मिक श्रद्धा एवं भक्तिभावका साथ पूजा आरधना गरिएको थियो ।
पुस्तकालय प्रमुखका साथै सहभागीहरूले पूजाको क्रममा विधिपूर्वक मन्त्रोच्चारण गर्दै ज्ञानको प्रतीक देवी सरस्वतीको आराधना गरेका थियो। साथै, विधिवत रूपमा पूजा सम्पन्नपछि सहभागीहरूलाई प्रसाद ग्रहण गराइएको थियो । 
सरस्वतीको पूजा आरधनाबाट विद्या, अध्ययन र अनुसन्धानमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास रहेको छ ।