TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

त्रिवि कर्मचारी संघ केन्द्रीय पुस्तकालय इकाइ समितिद्वारा वनभोज कार्यक्रम 

त्रिवि कर्मचारी संघ केन्द्रीय पुस्तकालय इकाइ समितिद्वारा वनभोज कार्यक्रम 

2025-03-08

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ, केन्द्रीय पुस्तकालय इकाइ समितिको आयोजनामा मिति २०८१ फागुन २४ गते न्यू दक्षिणकाली भिलेज रिसोर्ट, डल्लु, दक्षिणकालीमा वनभोज कार्यक्रम सम्पन्न भएको छ।
कर्मचारीहरू बीच आपसी भाइचारा अभिवृद्धिका साथै सम्बन्ध थप प्रगाढ बनाउने उदेश्यका साथ भएको वनभोज कार्यक्रममा पुस्तकालयमा कार्यरत कर्मचारीका साथै स्वयम् सेवक तथा सुरक्षाकर्मी  र सहयोगी गरी जम्मा ३७ जनाको उत्साहजनक सहभागिता रहेको थियो । 
सहभागीहरूले रमाइलो वातावरणमा स्वादिष्ट भोजनको मजा लिंदै विभिन्न खेलहरूका साथै नाचगान गरी मनोरञ्जनात्मक गतिविधिहरूमा सहभागिता जनाएका थिए।वनभोज कार्यक्रममा खेलाइएका खेलमा उत्कृष्ट हुने कर्मचारीहरूलाई मायाको चिनो समेत दिइएको थियो । 
वनभोज कार्यक्रमले संस्थागत एकता र सहकार्यलाई प्रगाढ पार्नुका साथै कर्मचारीहरूको मनोबल वृद्धि गर्न महत्वपूर्ण रहने धारणा केन्द्रीय पुस्तकालयका प्रमुखको रहेको थियो । साथै उहाँले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजक समितिलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन जोड दिनु भयो ।