TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

रिफरेन्स म्यानेजमेन्ट सम्बन्धी वर्कशप तथा तालिम सम्पन्न

रिफरेन्स म्यानेजमेन्ट सम्बन्धी वर्कशप तथा तालिम सम्पन्न

2025-04-19


त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको आयोजनामा “Basic EndNote Workshop & Training” नामक तीन दिने रिफरेन्स म्यानेजमेन्ट सफ्टवेयर इन्डनोटसम्बन्धी कार्यशाला तथा तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । त्रिवि केन्द्रीय पुस्तकालयमा २०८२ साल बैशाख ४ देखि ६ गतेसम्म सञ्चालन भएको उक्त तालिममा त्रिविका पीएचडी र एमफिल तहका ३४ जना शोधार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । शोधार्थीहरूलाई इन्डनोट सफ्टवेयरको प्रभावकारी प्रयोगमार्फत रिफरेन्स र साइटेसन कार्यमा दक्ष बनाउनु वर्कशपको  मुख्य उदेश्य रहेको थियो ।
त्रिविका निमित्त शिक्षाध्यक्ष प्रा.डा. दुविनन्द ढकाल प्रमुख अतिथ्यतामा समापन समारोह भएको थियो । उहाँले रिसर्चको क्षेत्रमा रिफरेन्स र साइटेसनको महत्त्वपूर्ण भूमिका हुने भएकाले विद्यमान ज्ञानलाई समेटेर नयाँ ज्ञान सिर्जना गर्नका लागि अघिल्ला अनुसन्धानकर्ताको योगदानलाई सही ढंगले उद्धृत गर्न सके अनुसन्धानको नैतिकता र मानक दुवैको सम्मान हुने बताउनु भयो । 
त्रिवि केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालय र अनुसन्धानकर्ताबीचको सम्बन्ध अटुट रहने बताउनु भयो । उहाँले पुस्तकालय केवल पुस्तकहरूको सङ्ग्रह स्थल नभई अनुसन्धान प्रवर्द्धन गर्ने मुख्य आधारशिला भएको उल्लेख गर्नुभयो ।
प्रशिक्षकको तर्फबाट डा. टेकमणी कार्कीले डिजिटल युगमा इन्डनोट जस्ता सफ्टवयरको प्रयोग अत्यन्त आवश्यक रहेको बताउँदै यस्ता टुलसहरूले अनुसन्धान प्रक्रियालाई व्यवस्थित र सरल बनाउने जानकारी दिनुभयो ।
सहभागीहरूको तर्फबाट मन्तव्य राख्दै सरिता गौतमले यस प्रकारको तालिममा सहभागी हुन पाएकोमा आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न पुस्तकालयलाई अनुरोध गर्नुभयो । तालिमबाट महत्वपूर्ण ज्ञान र सीप हासिल भएकाले अबको अनुसन्धान कार्य अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
उक्त तालिममा सहजकर्ताका रूपमा त्रिविका उपप्राध्यापक डा. उमानाथ शर्मा र डा. टेकमणी कार्की, साथै पुस्तकालय अधिकृत विजय शर्माको सक्रिय भूमिका रहेको थियो ।