TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

केन्द्रीय पुस्तकालयमा उत्प्रेरणात्मक कार्यक्रम 

केन्द्रीय पुस्तकालयमा उत्प्रेरणात्मक कार्यक्रम 

2025-04-25

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको आयोजना तथा साङ्ग्रिला प्रकाशनको सहयोगमा पुस्तकालयकर्मीहरूमा उत्प्रेरणा जगाउने उद्देश्यले "पेशाकर्मीको जीवन जिउने कला: स्वभिमान, स्वअस्तित्व, स्वअनुशासन र स्वमूल्याङ्कन" शीर्षकमा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले विषयगत प्रस्तुतिकरण गर्नु भएको थियो । प्रस्तुतिमा उहाँले पेशागत जीवनमा स्वभिमान, अनुशासन र आत्ममूल्याङ्कनको महत्वका बारेमा आफ्ना अनुभवहरू बताउनु भएको थियो । उहाँको अन्तिम प्रकाशनका रूपमा रहेको खुसीको गोरेटोका बारेमा पनि परिचर्चा गर्नु भएको छ । 
सोही अवसरमा पूर्व सचिव बास्कोटाद्वारा लिखित २९ शीर्षकमध्ये केही शीर्षक‌का र अन्य गरि जम्मा १७५ थान पुस्तकहरू त्रिवि केन्द्रीय पुस्तकालयलाई उपहार स्वरुप हस्तान्तरण गर्नु भएको थियो। 
साङ्ग्रिला प्रकाशनका कार्यकारी निर्देशक मदन खनालले देशमा अध्ययन संस्कृतिको प्रवर्द्धन गर्न पुस्तकालयकर्मीहरूसँग सहकार्य गर्दै अघि बढ्न आफ्नो प्रकाशन इच्छुक रहेको बताउनु भयो ।
केन्द्रीय पुस्तकालयका नि. प्रमुख सागरराज सुवेदीले उत्साहपूर्वक सहभागी भएका सम्पूर्ण पुस्तकालयकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै उहाँले आगामी दिनमा श्रष्टा, लेखक तथा प्रकाशकसँग विमर्श कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्ने जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रम त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुस्तकालय अधिकृत अनिता भट्टराईको संयोजकत्वमा भएको थियो।