TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

त्रि.वि. पुस्तकालय संगठन तथा व्यवस्थापन सर्भे २०८१ प्रतिवेदन हस्तान्तरण

त्रि.वि. पुस्तकालय संगठन तथा व्यवस्थापन सर्भे २०८१ प्रतिवेदन हस्तान्तरण

2025-04-27

 


त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका आङ्गिक क्याम्पसहरू तथा केन्द्रीय विभागका पुस्तकालयहरूको संगठन तथा व्यवस्थापन सम्बन्धी सर्भे गरी तयार पारिएको प्रतिवेदन उपकुलपति कार्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको छ ।
पुस्तकालय विशेष समितिले २०८१ भाद्र ३० गते डा. नरेन्द्रराज पौडेलको संयोजकत्वमा त्रिविका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागका पुस्तकालयको संगठन तथा व्यवस्थापन सर्भे गर्नका लागि एक समिति गठन गरेको थियो । उक्त समितिका संयोजनले २०८२ वैशाख १४ गते त्रिभुवन विश्वविद्यालयका नि. शिक्षाध्यक्ष प्रा.डा. दुविनन्द ढकालज्यूलाई त्रिविका उपकुलपति तथा रजिष्ट्रारज्यूको समुपस्थितिमा प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा समितिको तर्फबाट सर्भे सम्बन्धी संक्षिप्त प्रस्तुति समेत गरिएको थियो ।
उक्त समितिमा त्रिवि पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. लिला न्याइच्याई सदस्य तथा त्रिवि केन्द्रीय पुस्तकालयका पुस्तकालय उपप्रशासक लालबहादुर चौहान सदस्य सचिवका रूपमा रहनु भएको थियो । 
समितिले यसअघि नै २०८१ साल चैत्र २७ गते त्रिवि केन्द्रीय पुस्तकालयका नि. प्रमुख सागरराज सुवेदीलाई प्रारम्भिक प्रतिवेदन बुझाइसकेको थियो । तर पदाधिकारीहरूको व्यस्तताका कारण अन्तिम प्रतिवेदनको औपचारिक हस्तान्तरण आज सम्पन्न भएको हो ।